बीबीएस प्रथम वर्षमा समिता नेपाल टप




धनकुटा, असोज २०
बीबीएस प्रथम बर्षमा धनकुटाकी समिता ढुङ्गेलले सर्वोत्कृष्ट अंक ल्याएर प्रथम भएको दाबी गरिएको छ । लिवर्टी कलेज धनकुटामा अध्ययनरत ढुङ्गेलले व्यवस्थापन ९बीबीएस० तर्फ स्नातक तह प्रथम बर्षमा ८४ दशमलव २ प्रतिशत अंक ल्याएकी छन् ।

यो नेपालकै सर्वोत्कृष्ट अंक भएकाले ढुङ्गेल नेपाल प्रथम भएको लिवर्टी कलेजले दावी गरेको हो । बीबीएस प्रथम बर्षका बिद्यार्थी मध्ये सबैभन्दा धेरै अंक ल्याउँदै समिता नेपाल प्रथम भएको लिवर्टीका क्याम्पस प्रमुख हिमसागर कार्कीले दावी गरे । क्याम्पस प्रमुख कार्कीले हालसम्म समिताले भन्दा बढी अंक कसैले पनि नल्याएकाले समिता नेपाल टप भएको दावी गरिएको बताए ।

त्रिभुवन विश्वविद्यालयले भने नेपाल प्रथमको आधिकारीक घोषणा गरेको छैन । तर, अन्य बिद्यार्थीले ल्याएको अंकको तुलनामा लिवर्टी कलेजले समितालाई नेपाल प्रथम दावी गरेको हो । धनकुटाको छारागाउँ घर भएकी समिताले धनकुटा इङ्लिस सेकेण्डरी बोर्डिङ स्कूलबाट ए प्लससहित २०७२ मा एसईई उत्तीर्ण गरेकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2020 Deshko News