सुनको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?




काठमाडौं, असोज २०
बजारमा आज सुनको मूल्य बढेको छ । सुन आज तोलामा आठ सय रुपैयाँ बढ्दै प्रतितोला ९४ हजार ९ सय रुपैयाँ पुगेको छ । सुन हिजो प्रतितोला ९४ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चादीको मूल्य पनि तोलामा २० रुपैयाँ बढ्दै प्रतितोला एक हजार दुई सय रुपैयाँमा कारोबार भैरहेको छ । चादी हिजो प्रतितोला एक हजार एक सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: २० आश्विन २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्