सुनको मूल्य घट्यो, चाँदीको बढ्यो


 



काठमाडौं, असोज २२
बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।

सुन आज तोलामा दुई सय रुपैयाँ घट्दै प्रतितोला ९३ हजार ९ सयमा झरेको छ । सुन हिजो प्रतितोला ९४ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य तोलामा पाँच रुपैयाँ बढ्दै प्रतितोला एक हजार एक सय ८० रुपैयाँ पुगेको छ । चाँदी हिजो प्रतितोला एक हजार एक सय ७५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: २२ आश्विन २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्