२०१६ को नोवेल शान्ति पुरस्कार कोलम्बियाका राष्ट्रपतिलाई



एजेन्सी,  असोज २१

nobelझण्डै पाँच दशक लामो द्धन्द्ध अन्त्य गराउनु भएका कोलम्बियाका राष्ट्रपति जुआँ म्यानुएल सान्तोसले सन् २०१६को नोवेल शान्ति पुरस्कार पाउनुहुनुे भएको छ । कोलम्बियाको विद्रोही समूह रेभोलुसनरी आम्र्ड फोर्स अफ कोलम्बिया (फार्क)सँग झण्डै चार बर्ष लामो वार्ता गरी ऐतिहासिक शान्ति सम्झौता गराउनु भएकाले उहाँलाई नोबेल शान्ति पुरस्कारका लागि छनौट गरिएको नोबेल पुरस्कार बिजेता छनौट समितिले शुक्रबार जनाएको छ ।

सान्तोषले कोलम्बियामा जारी ५२ बर्ष लामो द्धन्द्ध अन्त्य गराउनु भएको थियो । तर सो सम्झौता स्वीकार्य छ वा छैन भन्ने विषयमा गत आइतबार सम्पन्न जनमत सङग्रहमा भने विपक्षमा बहुमत परेको थियो ।

बहुमत विपक्षमा परेपनि टेलिभिजनबाट सम्बोधन गर्दै राष्ट्रपति सान्तोसले “युद्ध अन्त्य गर्ने हरेक कोलम्बियाली जनताको चाहना अनुसार जतिसक्दो चाडो आवश्यक मु्द्दा समाधानका लागि तत्काल वार्ता सुरु गर्न अनुरोध गर्दछु्,” भन्नुभएको थियो ।

उहाँले ५२ बर्ष लामो द्धन्द्ध अन्त्य गर्ने प्रयास जोगाई राख्न सवै पार्टीका नेताहरुसँग आपत्कालिन बैठक पनि राख्नु भएको थियो ।

जनमत सङ्ग्रहका लागि भएको मतदानमा ५२.२ प्रतिशत मतदाताले सम्झौताको विपक्षमा भोट हालेका थिए भने बाँकी ४९.८ प्रतिशतले विपक्षमा मतदान गरेका थिए ।

राष्ट्रपति सान्तोषको अथक प्रयासमा गतः हप्ता हस्ताक्षरित भएको उक्त सम्झौता कार्यान्वयन गर्नुअघि जनताबाट अनुमोदित हुनुपर्ने प्रावधान राखिएअनुसार जनमत सङ्ग्रह सम्पन्न गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News