एसियन गेम्स पुरुष क्रिकेट : मलेसियाविरुद्ध मैदानमा उत्रदै नेपाल
काठमाडौँ। एसियन गेम्स पुरुष क्रिकेट अन्तर्गत आज नेपाल र मलेसियाबीच खेल हुँदैछ।
नेपाल र मलेसियाबीचको खेल सिंगापुरको सिंगा ओभलमा नेपाली समय अनुसार मध्यान्ह १२ः१५ मा हुँदैछ। पहिलो खेलमा दुवै देशले चीनलाई पराजित गरेका थिए।
चीन प्रतियोगिताबाट बाहिरिए पछि शीर्ष २ मा रहेका नेपाल र मलेसियाले एसियन गेम्समा स्थान बनाएका हुन्। २ समूहमा विभाजन गरिएको प्रतियोगिताको शीर्ष २ मा रहने देशले एसियन गेम्समा स्थान बनाउँने नियम रहेको थियो।
अर्को समूहको शीर्ष २ मा रहेका हङकङ र ओमानले पनि सेप्टेम्बरमा आयोजना हुने एसियन गेम्समा स्थान पक्का गरिसकेका छन् । नेपाल र मलेसियाबीचको यसै खेलबाट सेमिफाइनलमा पुग्ने समूहको विजेता र उपविजेताको टुंगो लाग्नेछ।
प्रकाशित मिति: २१ जेष्ठ २०८३, बिहिबार
















