सुनको मूल्य आज फेरि बढ्यो


 



काठमाडौं, असोज २३
सुनको मूल्य आज फेरि बढेको छ । सुन आज तोलामा ९ सय रुपैयाँ बढ्दै प्रतितोला ९४ हजार आठ सय रुपैयाँ पुगेको छ । सुन हिजो ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज तोलामा १५ रुपैयाँ बढ्दै प्रतितोला एक हजार एक सय ९५ रुपैयाँ पुगेको छ ।

चाँदी हिजो प्रतितोला एक हजार एक सय ८० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: २३ आश्विन २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्