मन्दिरको विवाद पूजारीलाई पेट्रोल हालेर जिउँदै जलाइयो


 



काठमाडौं, असोज २३
भारतको राजस्थानमा मन्दिरको विवादमा पुजारीलाई पेट्रोल टर्केर जिउँदै जलाइएको छ । राजस्थानको करौलीमा एक मन्दिरका पूजारीलाई जीवित जलाइएको छ ।

पूजारीलाई मन्दिरको जग्गामा मुछेर जीवित जलाइएको बताइएको छ। उनको उपचारका क्रममा मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । मन्दिरको १५ बिघा जग्गाको विषयलाई लिएर विवाद भएको बताइएको छ ।

प्रकाशित मिति: २३ आश्विन २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्