बालेनलाई हर्क साम्पाङको चुनौती–नेपालले भारतको कहाँ–कहाँ अतिक्रमण गर्यो प्रमाण दिनू
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’को अभिव्यक्ति अविलम्ब सच्चाइनुपर्ने बताएका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै आफूहरूले सदन अवरोध जारी राख्दा पनि प्रधानमन्त्रीले विवादित अभिव्यक्तिबारे कुनै वक्तव्य ननिकालेको भन्दै आपत्ति जनाए।
उनले भने–‘आज यहाँ उहाँ आउनु पनि भएको छैन, आउने छाँटकाँट पनि छैन। उहाँले सिमानाको बारेमा हाम्रो देशले छिमेकी मुलुकलाई कहाँ–कहाँ अतिक्रमण गरेको रहेछ, उहाँले पुष्टि गर्दिनुपर्छ। नेपाली जनतालाई सम्बोधन गरेर उहाँले त्यो आफ्नो भनाइलाई सच्याउनुपर्छ।’
प्रकाशित मिति: २५ जेष्ठ २०८३, सोमबार
















