राष्ट्र बैंकले यसवर्ष दशैंमा नयाँ नोट बाँड्छ कि बाँड्दैन ?


 



काठमाडौं, असोज २३
हरेक वर्ष दशैंको का नयाँ नोट बाँड्दै आएको नेपाल राष्ट्र बैंकले यस वर्ष भने नबाँड्ने भएको छ ।

नेपाल राष्ट्र बैंकसंग दशैंको लालगि बाँड्न प्रयाप्त नयाँ पैसा भएपनि कोरोनाको कारण नबाँड्निे सम्भावना रहेको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले बताए ।

नयाँ पैसा बाँड्ने भनेपनि बजारमा अनावश्यक भिडभाड बढ्ने हुँदा राष्ट्र बैंकले सकभर नयाँ नोट वितरण गर्न नसक्ने शिवाकोटीको भनाई छ । उनकाअनुसार अर्थ मन्त्रालयसंग समन्वय गरेर नयाँ पैसा बजारमा पठाउने वा नपठाउने भन्ने बारेमा निर्णय हुनेछ ।

राष्ट्र बैंकले वर्षेनि दशैं अगावै नयाँ नोट बाँड्ने गरेको थियो । नयाँ पैसा लिन राष्ट्र बैंकका विभिन्न बैंकिङ कार्यालयदेखि निजी बैंकहरुमा समेत भिड लाग्ने गरेको थियो ।

प्रकाशित मिति: २३ आश्विन २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्