कति छ आज सुनचाँदीको मूल्य ?


 



काठमाडौं, असोज २६
बजारमा आज सुनको मूल्य स्थीर छ । सुन आज पनि प्रतितोला ९५ हजार ६ सय रुपैयाँमा नै कारोबार भैरहेको छ । सुन हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने तोला १० रुपैयाँ बढ्दै प्रतितोला एक हजार दुई सय ४५ पुगेको छ । चाँदी हिजो प्रतितोला एक हजार दुई सय ३५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: २६ आश्विन २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्