सुनको मूल्य घट्यो, कति छ आज ?

काठमाडौं, असोज २७
बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन आज तोलामा पाँच सय रुपैयाँ घट्दै प्रतितोला ९५ हजार एक सय रुपैयाँमा झरेको छ । सुन हिजो प्रतितोला ९५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ घट्दै प्रतितोला एक हजार दुई सय २५ रुपैयाँमा झरेको छ । चाँदी हिजो एक हजार दुई सय ४५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
प्रकाशित मिति: २७ आश्विन २०७७, मंगलबार












