सुनको मूल्य बढ्यो, चाँदी यथावत


 



काठमाडौं, असोज ३०
बजारमा आज सुनको मूल्य बढेको छ । सुन आज तोलामा चार सय रुपैयाँ बढ्दै प्रतितोला ९४ हजार ९ सय पुगेको छ । सुन हिजो प्रतितोला ९४ हजार पाँच सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य बढेपनि आज चाँदीको मूल्य भने यथावत छ । चाँदी आज पनि प्रतितोला एक हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी हिजो पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति: ३० आश्विन २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्