सुनको मूल्य आज पनि बढ्यो


 



काठमाडौं, कार्तिक ६
नेपाली बजारमा आज सुनको मूल्य तोलामा दुई सय रुपैयाँ बढ्दै प्रतितोला ९५ हजार सात सय रुपैयाँ पुगेको छ । सुन हिजो प्रतितोला ९५ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

आज सुनको मूल्य बढेपनि चाँदीको मूल्य भने घटेको छ । चाँदी आज तोलामा १० रुपैयाँ घट्दै प्रतितोला एक हजार दुई सय ३० रुपैयाँमा झरेको छ । चाँदी हिजो प्रतितोला एक हजार दुई सय ४० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ६ कार्तिक २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्