ड्यूटीमै मारिएका प्रहरीको परिवारलाई प्रदेश सरकारले दुई/दुई लाख रुपैयाँ दिने


 



धनगढी, कार्तिक ६
सुदूरपश्चिम प्रदेश सरकारले तस्करी नियन्त्रण गर्ने क्रममा सीमा नाकामा मारिएका प्रहरी सहायक निरीक्षक (असई) गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउँदको परिवारलाई दुई/दुई लाख दिने निर्णय गरेको छ ।

आज बिहान मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बसेको बैठकमा दुबै परिवारलाई दुई/दुई लाख दिने निर्णय गरिएको हो । तत्काल परिवारका सदस्यहरुलाई एक÷एक लाख रुपैयाँ उपलब्ध गराउने र बाँकी एक लाख उनीहरुको सन्तानको लागि मुद्धति खातामा राखिदिने निर्णय गरिएको हो ।

तस्करी नियन्त्रण गर्ने क्रममा तस्करद्वारा अस्थायी प्रहरी पोष्ट जुगेडाका प्रमुख समेत रहेका (असई) बिक र प्रहरी जवान साउँदको हत्या गरिएको थियो ।

यसअघि बुधबार दुबैका परिवारलाई आर्थिक मामिला तथा योजना मन्त्री झपट वोहराले भेटेर राहतको लागि आश्वासन दिएका थिए । भोलिपल्टै आज प्रदेश सरकारले दुबै परिवारलाई दुई÷दुई लाख उपलब्ध गराउने निर्णय गरेको हो ।

प्रकाशित मिति: ६ कार्तिक २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्