सुनको मूल्य घट्यो, कति छ आज तोलाको ?


 



काठमाडौं, कार्तिक १४
नेपाली बजारमा आज सुनको मूल्य तोलामा दुई सय रुपैयाँ घटेको छ । सुन आज प्रतितोला ९४ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । सुन हिजो प्रतितोला ९४ हजार सात सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने यथावत छ । आज पनि चाँदी प्रतितोला एक हजार एक सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी हिजो पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १४ कार्तिक २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्