काठमाडौं उपत्यकामा थपिए १८८८ संक्रमित
काठमाडौं, कार्तिक १४
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै १ हजार ८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १५०८, ललितपुरमा २४९ र भक्तपुरमा १३१ जनामा संक्रमण पुष्टि भएको हो।
काठमाडौं जिल्लामा कुल संक्रमितको संख्या ६० हजार ७४२ पुगेको छ । जसमध्ये ४४ हजार २८८ जना निको भएका छन् भने २१२ जनाको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या १६ हजार २४२ पुगेको छ ।
ललितपुर जिल्लामा कुल संक्रमितको संख्या ८५९९ जना रहेको छ । जसमध्ये ६१९६ जना निको भएका छन् र ५८ जनाको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या २३४५ रहेको छ ।
भक्तपुरमा ५६५० जना संक्रमित भएकामा ४ हजार ४२२ जना निको भएका छन् र ६३ जनाको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या ११६५ रहेको छ । शुक्रबार देशभरमा भने ३५१७ जनामा संक्रमण पुष्टि भएको छ ।
प्रकाशित मिति: १४ कार्तिक २०७७, शुक्रबार