सुनचाँदीको मूल्य बढ्यो, कति पुग्यो आज ?


 



काठमाडौं, कार्तिक १६
बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा पाँच सय रुपैयाँ बढ्दै प्रतितोला ९५ हजार पुगेको छ । सुन हिजो प्रतितोला ९४ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ बढ्दै प्रतितोला एक हजार एक सय ९५ रुपैयाँ पुगेको छ । चादी हिजो प्रतितोला एक हजार एक सय ८० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: १६ कार्तिक २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्