ईश्वर पोखरेलले भने, ‘पूर्व समूहभित्र खेल्न खोजियो’


 



काठमाडौं, कार्तिक १७
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य ईश्वर पोखरेलले पूर्व समूहभित्र समीकरण बनाएर खेल खेल्न खोज्दा पार्टी विभाजन हुन लागेको बताएका छन् ।

सोमबार ट्वीट गर्दै पोखरेलले एकताका बेला गरिएको सहमति विपरीत पूर्वसमूहको समीकरण बनाएर विभाजनको दूर्भाग्य निम्त्याउन लागेको आरोप लगाएका हुन् । पोखरेलको आरोप पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डप्रति लक्षित छ ।

‘एकताका बेला गरिएको सहमति विपरित पूर्व समूहभित्रको आबद्धताका आधारमा समिकरण बनाएर खेल खेल्न खोज्दा विभाजनको दूर्भाग्य निम्तिन लागेको हो । त्यस्तो दूर्भाग्य निम्त्याउनेहरूलाई सबैले बेलैमै चिनौं, खबरदारी गरौं, व्यक्तिगत स्वार्थका कारण यसो गर्नेहरूको विरोध गर्दै पार्टी एकतालाई बचाऔं’ पोखरेलले ट्वीटरमा लेखेका छन् ।

प्रकाशित मिति: १७ कार्तिक २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्