अमेरिकी राष्ट्रपति चुनाव : आउन थाल्यो मत परिणाम, को छ अगाडि ?


 



न्युयोर्क, कात्तिक १९
अमेरिकी राष्ट्रपति निर्वाचनको मत परिणाम आउन थालेको छ । प्रारम्भिक मत परिणाममा अहिलेसम्म डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेन रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पभन्दा केही अगाडि देखिएका छन् ।

मत परिणाम आइरहँदा विश्वभरको नजर अब त्यहाँको फ्लोरिडा राज्यमा केन्द्रित भएको छ । 

सिबिएसले डोनाल्ड ट्रम्पका एक सल्लाहकारसँग फ्लोरिडाबारे गरिएको कुराकानीमा उनले भनेका छन्, ‘​​फ्लोरिडामा बाइडेनले जिते भने उनै राष्ट्रपति हुन्छन्, ट्रम्पले जिते भने उनै ।’

अहिलेसम्म फ्लोरिडामा ९३ प्रतिशत मत गनिएको छ । यसमध्ये ५१ प्रतिशत ट्रम्पको पक्षमा छ भने बाइडेनको पक्षमा ४९ प्रतिशत ।

प्रकाशित मिति: १९ कार्तिक २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्