अमेरिकी लडाकु जहाजमा मिसाइल आक्रमण, ठुलो दुर्घटनाबाट जोगियो


 


एजेन्सी

अमेरिकी नौसेनाको लडाकु पानी जहाजमा मिसाइल आक्रमण भएको छ । नौसेनाको पानी जहाजमा यमनतर्फबाट मिसाइल आक्रमण भएको अमेरिकी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै अन्तराष्ट्रिय सञ्चार माध्ययमले जनाएका छन् ।
सेनाको जहाजलाई निशाना बनाएर हानिएको मिसाइल जहाजमा नलागेकाले ठूलो दुर्घटना हुनबाट बाँचेको अमेरिकी रक्षा मन्त्रालयले दाबी गरेकोछ ।

अमेरिकाले मिसाइल कसले प्रहार गर्यो भन्ने तथ्य सार्वजनिक नगरे पनि यसको जवाफी कारबाही गर्ने तयारी गरेको छ ।
बिबिसीले उल्लेख गरेअनुसार अमेरिकी नौसेनाको जहाजलाई निशाना बनाएर प्रहार भएको मिसाइल यमनको हुथी विद्रोही नियन्त्रित क्षेत्रबाट आएको हो ।
अमेरिकी नौसेनाको जहाजमाथि जारी आक्रमणको शृङखलामा यो पछिल्लो चार दिनमा भएको दोस्रो आक्रमण हो ।

प्रकाशित मिति: २७ आश्विन २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्