भोजपुरका भुकम्पपीडितलाई कतारबाट सहयोग


 


sahayog pradan

भोजपुर, जेठ २४
भोजपुरबाट बैदेशिक रोजगारीका लागि कतारमा रहेको एक भोजपुरेले जिल्लाका भुकम्पपीडितलाई आर्थिक सहयोग गरेका छन् । कतारको दोहामा रहेका राजन बस्नेतले भोजपुरका भुकम्पपीडितलाई ५४ हजार नौ सय ३९ रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका हुन् । यो रकम उनका आफन्त हरि केसीले जिल्ला दैवि प्रकोप उद्धार समिति भोजपुरलाई राजनीतिक दल, र विभिन्न संघ संस्थाको उपस्थितिमा प्रदान गरेका छन् । उनले कतारमा रहेको एचबिके कम्पनीमा कार्यरत कर्मचारीहरुबाट यो रकम संकलन गरेको पठाएको जनाएका छन् । उक्त कम्पनीबाट एक लाख नौ हजार नौ सय ६३ रुपैयाँ सकंलन भएको थियो । ५५ हजार २३ रुपैयाँ धादिङ जिल्लाका भुकम्पपीडितलाई पठाएको बस्नेतले जानकारी दिए । यो रकम बस्नेतको पहलमा कम्पनीमा कार्यरत विदेश कामदारहरुले उपलब्ध गराएका हुन् ।

प्रकाशित मिति: २४ जेष्ठ २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्