पूर्वकप्तान पारस खड्का एशोसिएट प्लेयर अवार्डको मनोनयनमा


 



काठमाडौं, मंसिर ९
नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का ‘आईसीसी एशोसिएट प्लेयर अफ दि डिकेट’ अवार्डको मनोनयनमा परेको छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले मंगलबार सार्वजनिक गरेको मनोनयनमा पारससहित ६ खेलाडी परेका हुन् । मनोनयनमा स्कटल्याण्डका तीन खेलाडी काइल कोएट्जर, कोलम म्याकल्याण्ड र रिची बेरिङटन परेका छन् भने पपुवा न्यूगिनीका असद भाला र नेदरल्याण्ड्सका पिटर बोेरन अटाएका छन् ।

सन् २००२ मा यू–१५ टोलीबाट क्रिकेट खेल्न थालेका पारसले सन् २००९ मा नेपालको कप्तानी गरेका गिए । पारसको १० वर्षे कप्तानीकालमा नेपालले पहिलो पटक टी–२० विश्वकप खेल्नुका साथै एकदिवसीय मान्यता पाएको थियो । २८ असोज २०७६ मा उनले कप्तानी छाडे । तर उनी राष्ट्रिय टिमबाट भने खेलिरहेका छन् ।

प्रकाशित मिति: ९ मंसिर २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्