अमेरिकी राष्ट्रपतिमा निर्वाचित बाइडेनले लगाए कोरोनाविरुद्धको खोप


 


एजेन्सी, पाैष ७
अमेरिकी राष्ट्रपतिमा निर्वाचित जोय बाइडेनले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

खोप लगाउनु सुरक्षित रहेको भन्ने सन्देश सर्वसाधारणमा प्रवाह गर्न आफूले सार्वजनिक रुपमा खोप लगाएको बाइडेनले जानकारी दिएका छन ।

अन्तराष्ट्रिय संचार माध्यमका अनुसार बाइडेनले फाइजर–बायोएनटेकले बनाएको खोप लगाएको हुन्।

यसअघि उपराष्ट्रपति माइक पेन्स र तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले खोप लगाएका थिए ।

उनीहरुले पनि खोपलाई लिएर सर्वसाधारणमा रहेको शंका दूर गर्नका लागि सार्वजनिक रुपमा खोप लगाएको बताएका थिए।

प्रकाशित मिति: ७ पुस २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्