भोजपुरमा सेनाले यसरी बनाइँदिदैछ घर (फोटो फिचर)


 


4

भाेजपुर जेठ २४

नेपाली सेनाको भोजपुर सदरमुकामस्थित गोरखबहादुर गणले जिल्लाको भुकम्पपीडितहरुका लागि अस्थायी घर बनाइदिन थालेको छ । सेनाले भुकम्पले घर भत्काएकाहरुकाे अस्थायी घर बनाइदिन थालेको हो । भोजपुर नगरपालिका ९ टक्सारका भुकम्पपीडितहरुका लागि पहिलो चरणमा अस्थायी घर बनाइदिएको छ । उस्ले चार वटा घर नमुनाको रुपमा बनाएकाे हो । गरीब तथा अशक्तहरुका लागि सेनाले बाँसकाे अस्थायी टहरा निर्माण गरिदिएको छ । नमुनाको रुपमा केही घर निर्माण गरिदिका छौं गणका प्रमुख सेनानी राजाराम बस्नेतले भने अन्यत्र पनि बनाउने तयारीमा छौं । भुकम्पपीडितले अस्थायी घरका लागि सामाग्री उपलब्ध गराएपछि सेनाले जनशक्ति परिचालन गर्ने जनाएको छ ।

12356789

प्रकाशित मिति: २४ जेष्ठ २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्