ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी ११ वर्षपछि पक्राउ


 



धनगढी, पौष १९
कञ्चनपुर प्रहरीले ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी ११ वर्षपछि पक्राउ गरेको छ । कञ्चनपुरको बेल्डाडी गाउँपालिका–३ का बिरे विष्टलाई प्रहरीले पक्राउ गरेको हो ।

घटना भएको मिति २०६५ चैत २४ गतेदेखि फरार रहेका विष्टलाई घरमै लुकेर बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले जानकारी गराए ।

उनलाई पुनराबेदन अदालत महेन्द्रनगरले २०७० माघ ६ गते ४ लाख ५० हजार जरिवाना र १ महिना १५ दिनको कैद सजाय सुनाएको हो ।

पक्राउपछि विष्टलाई कारवाहीका लागि अदालतमा पेश गरिएकोमा उनलाई अदालतले कारागार चलान गरिसकेको प्रहरी नायव उपरीक्षक थापा क्षेत्रीले बताए ।

प्रकाशित मिति: १९ पुस २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्