भारतीय वनमा आगो लगाएको आरोपमा नेपाली पक्राउ


 


काठमाडौं, वैशाख १७ । भारतको उत्तराखण्डमा आरक्षित वनमा आगो लगाएको अवस्थामा एक नेपाली पक्राउ परेका छन् ।

वनमा आगो लगाइरहेको अवस्था रंगेहात पक्राउ परेका भनिएका एक नेपाली मजदूरलाई जेल चलान गरेर वन ऐन अन्तर्गत मुद्दा दायर गरिएको छ ।

भूमि संरक्षण वन डिभिजन ल्यान्सडाउनका वन कर्मचारीले टेकराम नाम गरेका नेपाली मजदुरलाई जङ्गलमा आगो लगाइरहेको अवस्थामा समातेर प्रहरीलाई बुझाएका थिए । उनका अन्य तीन सहयोगीले पनि आरोपीविरुद्ध बयान दिएका छन् ।

आइतबार कुल्हारस्थित नापखेतमा लागेको आगो निभाएर वनकर्मी फर्कँदै गर्दा आगो लगाइरहेको अवस्थामा एक जनालाई रंगेहात पक्राउ गरिएको थियो ।

टेकारामले जङ्गलमा आगो लगाएको कुरा साक्षी राजेन्द्र, सतिशकुमार र रञ्जित सिंहले स्वीकार गरेका थिए । चारै जनालाई प्रहरीको जिम्मा लगाइएको छ ।

प्रकाशित मिति: १७ बैशाख २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्