जेफ बेजोसलाई उछिन्दै एलन मस्क विश्वकै धनी व्यक्ति


 


न्युयोर्क
एमाजोनका संस्थापक जेफ बेजोसलाई उछिन्दै टेस्ला कम्पनीका सीईओ एलन मस्क विश्वकै सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका छन् ।

ब्लूमबर्गका अनुसार बिहीबार टेस्ला कम्पनीको शेयर मूल्य ६ प्रतिशतले बढेपछि मस्कले बजोसलाई पछि पारेका हुन् ।

एमाजोनको शेयर मूल्य करिब २ प्रतिशतले बढ्दा बजोसको सम्पत्ति ३ अर्ब डलर बराबर मात्र बढेको बताइएको छ । तर मस्कको सम्पत्ति एकै दिन १० अर्ब डलर बराबर बढेर करिब १९१ अर्ब डलर पुगेको हो ।

अहिले मस्कको सम्पत्ति बेजोसको भन्दा ३ अर्ब डलर बराबर बढी रहेको छ । यसअघि लामो समयसम्म संसारको सबभन्दा धनी मानिसको सूचीमा रहेका बिल गेट्स अहिले तेस्रो स्थानमा रहेका छन् ।

ब्लुमबर्गका अनुसार उनको सम्पत्ति १३२ अर्ब डलर रहेको छ । अमेरिकाको क्यालिफोर्नियामा मुख्य कार्यालय रहेको टेस्लाले विद्युतीय कार उत्पादन गर्दै आइरहेको छ ।

प्रकाशित मिति: २४ पुस २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्