विश्वकै सबैभन्दा धनी व्यक्ति एलन मस्क स् एक सेकेन्डमा कति कमाँउछन् ?


 


एजेन्सी
विश्वकै धनी व्यक्ति हुन टेस्लाका मुख्य कार्यकारी अधिकारी एलन मस्क ।

एलन मस्कको कूल सम्पत्ति १८८ बिलियन अमेरिकी डलरभन्दा बढी भएको छ जुन अमेजनका संस्थापक जेफ बेजोसको कूल सम्पत्ति १८७ बिलियन डलर छ । मस्कसंग बेसोज भन्दा एक बिलियन डलर बढी छ । बेसोज दोस्रो धानी व्यक्ति हुन् । यसअघि उनी विश्वकै धनी व्यक्ति थिए ।

अहिले बेसोजलाई पछार्दै मस्क सर्वाधिक धनी भए । टेस्लाको सेयर मूल्यमा निरन्तरको वृद्धिका कारण यस्तो भएको हो । 

इलेक्ट्रिक कार बनाउने कम्पनी टेस्लाका मालिक एलन मस्क एलनको कमाईको कुरा गर्ने हो भने उनी दिनमा प्रत्येक दिन ४३२ मिलियन डलर ९५० अर्ब रुपैयाँ० बढी कमाउँछ । दिनमा ८६,४०० सेकेन्ड हुन्छ ।

उनको कमाईलाई सेकेन्डमा भाग गरेर हेर्ने हो भने उनी प्रत्येक सेकेन्ड ५ लाख ८६ हजार कमाउने गर्छन् । उनी धेरैजसो समय आफ्नो मनमा नयाँ नयाँ योजना र विचार ल्याइरहन्छन् । ऊर्जावान् एलनलाई सोसल मिडियामा निकै रुचाइन्छ । 

एलन मस्क आठ कम्पनीका संस्थापक रहिसकेका छन् जसमा स्पेस एक्स, टेस्ला, हायपरलूप र बोरिङजस्ता कम्पनी समावेश छन् । 

प्रकाशित मिति: २५ पुस २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्