बाइडेनले लगाए कोरोनाभाइरस भ्याक्सिनको दोस्रो डोज



काठमाडौं, पाैष २८
आउँदो २० जनवरीमा अमेरिकाका राष्ट्रपति बन्न लागेका जो बाइडेनले कोरोनाभाइरस भ्याक्सिनको दोस्रो डोज लगाएका छन् ।

बाइडेनको ट्रान्जिसन टीमले यसको जानकारी दिएका हुन् ।

बाइडेनको यो डोज डेलावरमा उनको घर नजिकैको अस्पतालका चीफ नर्सले दिएका हुन् ।

यतिबेला उनले त्यहाँ उपस्थित मिडियासँग संसद भवनमा भएको आक्रमणबारे प्रतिक्रिया दिँदै भने, ‘मलाई लाग्छ, जुन मानिसहरुले यो विद्रोहलाई भड्काए र मानिसहरुको ज्यान खतरामा पारे, सार्वजनिक सम्पत्तिमाथि क्षती पुर्याए, उनीहरुलाई पक्राउ गर्न निकै महत्वपूर्ण छ, उनीहरुलाई यसका लागि जवाफदेह ठहर गर्न अत्यावश्यक छ ।’

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News