बेलायतमा एकैदिन १२४८ को मृत्यु, ४८ हजारभन्दा बढी संक्रमित


 


लन्डन, माघ २
बेलायतमा पछिल्लो २४ घन्टामा थप एक हजार २४८ जना कोरोना संक्रमितको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ ।

बिहीबार राति १०ः४० मा सार्वजनिक गरेको तथ्यांक अनुसार बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८६ हजार नाघेको छ ।

बिहीबार सार्वजनिक एकैदिनको मृतक संख्या महामारी यताकै तेस्रो सबैभन्दा बढी हो ।

नयाँ थपिएका मृतकसँगै बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८६ हजाए १५ पुगेको छ । यो संख्या कोरोना संक्रमित भएको २८ दिनभित्र मृत्यु भएकाहरुको तथ्याँकमा आधारित छ ।

एक हप्ताभित्र तीन हजार ४१७ जनाको मृत्यु भएको छ । बुधबार एकैदिनमा एक हजार ५६४ जनाको मृत्यु भएको थियो जुन बेलायतमा महामारी शुरु भएयताकै सबैभन्दा बढी हो ।

यसैगरी पछिल्लो २४ घन्टामा थप ४८ हजार ६८२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । बेलायतमा करिब दुई साताअघिदेखि संक्रमितको संख्या ४० हजारमाथि रहँदै आएको छ ।

नयाँ संक्रमितसँगै बेलायतमा कोरोना संक्रमित हुनेको संख्या ३२ लाख ६० हजार २५८ पुगेको छ । बेलायतमा कोरोना संक्रमण दर र मृत्यु दर अत्यधिक रुपमा बढेसँगै फाइजर र अक्सफोर्डको खोपलाई तीव्रता दिइएको छ ।

प्रकाशित मिति: २ माघ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्