कक्षा १२ को परीक्षा नतिजा एक साताभित्र


 



काठमाडौं, माघ २
गत मंसिरमा सञ्चालित कक्षा १२ को परीक्षाको नतिजा एक साताभित्र सार्वजनिक हुने भएको छ।

माघ १० गतेसम्म नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले जानकारी दिए ।
परीक्षार्थीको डाटा रुजु गर्ने काम अन्तिम चरणमा पुगेको उनले जानकारी दिए ।

डाटा रुजुमा ढिलार्इ भएपछि पुस दोस्रो साता सार्वजनिक हुने भनिए पनि नतिजा प्रकाशन एक महिना ढिलो हुन लागेको हो ।

प्रकाशित मिति: २ माघ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्