आज माघ २० गते मंगलबारको राशिफल



मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ पद र प्रतिष्ठा पाईने संभावना छ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । मन प्रसन्न र खुसी पनि रहनेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । शत्रु र विपक्षी पराजित हुन सक्छन् । विपवरित वर्गको भेट र साथ मिल्ने राम्रो योग छ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) अग्रजको सहयोगले कार्य सम्पादन हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । परिवारमा सुख सन्तोष छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज शंका तथा डरका कारण बनिसकेको काममा दुविधा उत्पन्न हुन सक्छ । भोजभतेरमा सामेल हुँदा स्वास्थ्यको ख्याल गर्नुहोला ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज मनमा सात्विक बिचारहरू र अनुहारमा चमक आउनेछ । शुभ समाचार सुन्न पाइएला । सामाजिक क्षेत्रमा सफलता पनि मिल्नेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) यात्रा गर्दा सचेत हुनुपर्नेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । झञ्झटिलो काम लाईपर्ला । नजिकका व्यक्तिबाट विश्वासघात हुन सक्छ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) विद्या र नयाँ ज्ञान बढ्नेछ । आकस्मिक धन लाभ हुनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ, तर सामाजिक र धार्मिक कार्यमा खर्च बढ्न सक्छ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज लाभदायक यात्रा हुनेछ । नयाँ कार्यको महत्त्वपूर्ण योजना बन्नेछ । शेयर बाजार र व्यापार, व्यवसायबाट लाभ मिल्नेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) वाक्पटुता द्वारा आफ्नो काम सफल बनाउन सकिनेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । नयाँ कार्यको थालनी हुन सक्छ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) धर्म, कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । रोकिएको धन र व्यापार,व्यवसायमा लाभ मिल्नेछ । यात्राको योग पनि छ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) नयाँ कामको थालानी या योजना बन्ने । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज दाजु भाईबाट सहयोग र ससुराली पक्षसंग सम्बन्ध राम्रो बन्नेछ । कृषि कार्यबाट लाभ मिल्नेछ । आफन्त संग भेट घाट पनि हुनेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News