त्रिभुवन विश्वविद्यालयमा ६ सय जनाका लागि जागिरको अवसर


 



काठमाडौं, फागुन ९
त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयले प्राध्यापक, सहप्राध्यापक तथा उपप्राध्यापक पदमा आवेदन माग गरेको छ।

आयोगले आइतबार गोरखापत्रमा सूचना निकालेर झण्डै छ सय संख्यामा खुलातर्फमा आवेदन मागेको हो।

१४ जना प्राध्यापक, २४ जना सहप्राध्यापक र पाँच सय ५० जना उपप्राध्यापक पदमा आवेदन माग गरेको छ।

गणित, अंग्रेजी, अर्थशास्त्र, प्राणीशास्त्र, व्यवस्थापन, राजनीतिशास्त्र, क्लिनिकल माइक्रोबाइलोजीलगायतका विभिन्न विषयका प्राध्यापक माग भएको छ। 

प्राध्यापक पदका लागि तीन हजार पाँच सय र सहप्राध्यापकका लागि तीन हजार दुई सय दस्तुर लाग्नेछ। चैत १४ गतेसम्म फारम भर्नुपर्ने समय तोकिएको छ। 

प्रकाशित मिति: ९ फाल्गुन २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्