ओप्पोले ल्याउँदैछ अब वायरलेस चार्जर


 



काठमाडौं, फागुन १३
ओप्पो कम्पनीले आफ्नो रोलेबल फोनमा वायरलेस चार्जर ल्याउने भएको छ । यो डिभाइसले ७।५ वाट पावरको म्यागनेटिक रिजोनेन्स प्रयोग गर्नेछ । 

यसले दश सेन्टीमिटर टाढाबाट पनि चार्ज गर्न सक्छ । साओमीले यस अघि एमआई एयर चार्ज निकालेको थियो जसले मिलीमिटर  वेब आरएफको प्रयोग गर्ने गर्दछ ।

ओप्पोले भीओओसी फास्ट चार्जिङका लागि केही नयाँ पार्टनरहरुसँग सहकार्य पनि गरिरहेको छ । 

चीनको एफएडब्लु भोल्कसवागेनले ओप्पोको मोबाइल चार्जिङको टेकलाई आफ्नो स्थानीय रुपमा बनाएको गाडीमा प्रयोग गर्नेछ । 

प्रकाशित मिति: १३ फाल्गुन २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्