जीपको ठक्करबाट कलेज गइरहेकी छात्राको मृत्युु


 



काठमाडौं, फागुन १९
ललितपुरको नख्खुमा जीपको ठक्करबाट एक जना छात्राको ज्यान गएको छ ।

बिहानै स १ ज ५६७ नम्बरको जीपको ठक्करबाट सिन्धुपाल्चोक घर भइ ललितपुरको बागडोल बस्ने  १९ वर्षकी अञ्जु दाहालको ज्यान गएको प्रहरीले जनाएको छ ।

कलेज जानेक्रममा बिहान साढे ५ बजेतिर सडक पार गर्दै गर्दा छात्रालाई जीपले ठक्कर दिएको थियो । गम्भीर घाइते भएकी दाहालको ६ बजे पाटन अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो ।

प्रहरीकाअनुसार उनी कोटेश्वर मल्टिपल क्याम्पसमा अध्ययनरत थिइन् । जीप चालकलाई  प्रहरीले नियन्त्रणमा लिएको छ ।  

प्रकाशित मिति: १९ फाल्गुन २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्