४३ अंकले बढ्यो सेयर बजार परिसूचक, ४ कम्पनीको मूल्यमा वृद्धि


 



काठमाडौं, चैत ५
सेयर बजारको परिसूचक नेप्से बिहीबार करिब ४३ अंकले बढेको छ। ४२.९५ अंकले बढेको परिसूचक २४७५ अंकमा कायम भएको छ।

बिहीबार कारोबार रकममा पनि केही सुधार आएको छ। हिजो ४ अर्बमुनिको सेयर कारोबार भएकोमा आज ४ अर्ब ६६ करोड रुपैयाँको सेयर किनबेच भएको छ। यस दिन ब्यापार बाहेकका सबै समूह बढेका छन्। सो समूह ३९ अंकले घट्यो।

बैंकिङ २६, होटल तथा पर्यटन ११२, विकास बैंक २४, जलविद्युत ३, फाइनान्स १४, निर्जीवन बीमा १९१, उत्पादन १६२, अन्य ४१, माइक्रोफाइनान्स १०२, जीवन बीमा ४१५ र लगानी समूह १ अंकले बढेको छ।

यस दिन ४ कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ। ग्रिनलाइफ हाइड्रोपावर, युनाइटेड इदी मर्दी, चन्द्रागिरि हिल्स र नेपाल बंगलादेश बैंकको मूल्य १० प्रतिशतले बढेको हो।

आजको कारोबारपछि ग्रिनलाइफको मूल्य प्रतिकित्ता ३९६ रुपैयाँ पुगेको छ। त्यस्तै चन्द्रागिरि हिल्सको मूल्य १२९२ रुपैयाँ कायम भयो।

नबिलसँगको मर्ज हल्लाका कारण नेपाल बंगलादेश बैंकको मूल्य १० प्रतिशतकै हाराहारीमा बढेर ३४९ रुपैयाँ पुगेको हो। जोशी हाइड्रोको मूल्य सबैभन्दा धेरै ६।८ प्रतिशतले घट्यो।

कारोबार रकमका आधारमा पनि नेपाल बंगलादेश बैंक अग्रस्थानमा रह्यो। सो कम्पनीको ७६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भयो।

त्यस्तै नेपाल इन्फ्रास्ट्रक्चर बैंकको २१ करोड रुपैयाँ बराबरको कारोबार भयो। मूल्य भने घटेर ५२५ रुपैयाँमा झरेको छ।

प्रकाशित मिति: ५ चैत्र २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्