खेम शर्मा ‘चतुरे’को निधन
काठमाडौँ। एक समयका चर्चित हास्य कलाकार खेम शर्मा ‘चतुरे’को निधन भएको छ। उनको अमेरिकाको बाल्टिमोरमा उपचारको क्रममा आइतबार बिहान निधन भएको हास्य कलाकार शिवहरि पौडेलले सामाजिक सञ्चाल फेसबुकमार्फत जानकारी दिएका हुन्।
पछिल्लो समय अमेरिकामा रहँदै आएका शर्मा विगत ७ वर्षदेखि क्यान्सर रोगसँग लडिरहेका थिए। उनी टेलिफिल्म ‘चतुरेको दाउपेच’बाट चर्चामा आएका थिए।
दर्जनौं टेलिफिल्म र फिल्महरूमा कामगरेका शर्माले ‘चतुरेको दाउपेच’ नामक फिल्मसमेत निर्माण गरेका थिए।
प्रकाशित मिति: ७ असार २०८३, आइतबार












