विश्वकै पहिलो महिला सगरमाथा आरोही तावेईको निधन


 


junko-tabeiकाठमाडौँ, कात्तिक ६

पहिलो महिला सागरमाथा आरोही जुन्को तावेईको ७७ वर्षको उमेरमा निधन भएको छ । जापानको साइटामा क्यान्सर सेन्टरमा उपचारका क्रममा तावेईको निधन भएको विभिन्न सञ्चार माध्यमले जनाएको छ ।

जापानको फुकुसिमामा जन्मेकी तावेईले सन् १९७५ मा सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पाइला टेकी पहिलो महिला आरोही बन्न सफल भएकी थिइन् ।  उनले २० दिनमा सगरमाथाको सफल आरोहण गरेकी थिइन् र पहिलो पहिलो महिला सागरमाथा आरोही बनिन् ।

साथै उनी सेभेन समिटको सफल आरोहण गर्ने पहिलो आरोही समेत हुन् ।

प्रकाशित मिति: ६ कार्तिक २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्