सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?


 



काठमाडौं, चैत्र १३
नेपाली बजारमा सुनको मूल्य आज तोलामा ६ सय रुपैयाँ घट्दै प्रतितोला ८६ हजार तीन सयमा झरेको छ ।

सुन हिजो प्रतितोला ८७ हजार ९ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने यथावतनै छ । चाँदी आज पनि प्रतितोला एक हजार दुई सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी हिजो पनि सोही मूल्यमा कारोबार भएको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: १३ चैत्र २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्