शक्तिशाली सेनाको सुची २०१६ सार्वजनि, कति औं मा परे नेपाल, भारत र पाकिस्तान ?


 


एजेन्सी,
सेनाको अध्ययन गर्ने संस्था ग्लोबल फायर पावरले सन् २०१६ का लागि संसारका सबैभन्दा शक्तिशाली सेनाको सुची सार्वजनि गरेको छ ।

नेपालसहित कुल १२६ देशको सुची सार्वजनिक गरेको उक्त संस्थाका अनुसार नेपाली सेना ९८ औं स्थानमा रहेको छ भने अमेरिकी सेना शीर्ष स्थानमा रहेको छ ।
९८ औं स्थानमा रहेको नेपाली सेनासँग ९५ हजार सैनिक रहेकोछ । कुल रक्षा बजेट २१ करोड अमेरिकी डलर रहेको छ । १८ वटा हेलिकिप्टर र १४८० फाइटर सवारी छन् ।
यी हुन् शक्तिशाली सैन्य सूचीका १० राष्ट्र

१. अमेरिकी सेना

american-army

विश्व शक्ति अमेरिका शक्तिशाली सैन्य भएको देशको शीर्ष स्थानमा परेको छ । ५८१ अर्ब डलर रक्षा बजेट रहेको अमेरीकी सेनासँग ८८४८ ट्यांक, २७८५ लड़ाकू विमान, १३ युद्वपोत, ९५७ एट्याक हेलिकप्टर र ७५ पानीजहाज छ । अमेरिकी सेनामा लगभग १४ लाख सैनिक कार्यरत छन् ।

२. रसियन आर्मी
रूसको आर्मी शक्तिशाली आर्मीको सूचीमा दोस्रो नम्बरमा परेको छ। रुसको कुल रक्षा बजेट ४६ अर्ब अमेरिकी डलर रहेको छ । रसियाली सेनासँग १५ हजार ३ सय ९८ ट्यांक, १४३८ लड़ाकू विमान, १ युद्वपोत, ४७८ एट्याक हेलिकप्टर र ६० पानीजहाज छन्। रसियाली सेनामा ७ लाखभन्दा बढी जवान संलग्न छन् ।

३. चिनीयाँ आर्मी
शक्तिशाली सेनाको सूचीमा तेस्रो नम्बरमा एसियाली मुलुक चीन परेको छ । १५५ अर्ब रक्षा बजेट रहेको चिनियाँ सेनासँग ९१८५ ट्यांक, ३१५८ लडाकु विमान १ युद्वपोत, २०० एट्याक हेलिकप्टर र ६८ पानीजहाज छन् । चिनीयाँ सेनामा करिब २३ लाख सैनिक आवद्ध छन् ।

४. भारतीय सेना
दक्षिण एसियाली महारथी भारत शक्तिशाली सेनाको सूचीमा चौथो नम्बरमा परेको छ ।
ग्लोबल फायरपावरले शक्तिशाली सेनाको सूचीको चौथो नम्बरमा राखेको भारतको कुल रक्षा बजेट ४० अर्ब अमेरिकी डलर छ ।
भारतीय सेनासँग ६४६४ ट्यांक, ८०९ लड़ाकू विमान, २ युद्वपोत, १९ एट्याक हेलिकप्टर र १४ पानीजहाज छन् । भारतीय सेनामा लगभग १४ लाख जवान आवद्ध छन् ।
५. फ्रेन्च आर्मी
फ्रान्सको सेना शक्तिशाली सेनालको लिस्टमा पाँचौ नम्बरमा आएको छ । ३५ अर्ब अमेरिकी डलर कुल रक्षा बजेट रहेको फ्रेन्च फ्रेन्च सेनासँग ४२३ ट्यांक, २८४ लड़ाकू विमान, ४ युद्वपोत, ४८ एट्याक हेलिकप्टर र १० पानीजहाज छ। फ्रेन्च सेनासँग लगभग २ लाख जवान शामिल छन् ।
६. ब्रिटिस आर्मी
ग्रेट ब्रिटेन शक्तिशाली आर्मीको लिस्टमा छैठौ स्थानमा छ। ग्लोबल फायरपावरका अनुसार ब्रिटेनको कुल रक्षा बजेट ५५ अर्ब डलर छ। ब्रिटिस सेनासँग ४०७ ट्यांक, १६८ फाइटर प्लेन, १ युद्धपोत, ४९ एट्याक हेलिकप्टर र १० पानीजहाज छन्। ब्रिटेनी सेनामा लगभग १ लाख ५० हजार सैनिक आवद्ध छन् ।

७.जापान आर्मी

एसियाली राष्ट्र जापान शक्तिशाली आर्मीको लिस्टमा ७ औं नम्बर परेको छ । जापान सरकारले रक्षाका लागि ४० अर्ब डलर छुट्टाएको हुन्छ ।
जापानी सेनासँग ६७८ ट्यांक, २८७ लड़ाकू विमान, ३ युद्वपोत, ११९ एट्याक हेलिकप्टर र ७ पानीजहाज छन् । जापानी सेनामा लभगग २ लाख ५० हजार सैनिक हैं सामेल छन् ।

८. टर्की आर्मी
विश्वमा शक्तिशाली सेनाको आठौं नम्बरमा टर्कीको सेना आएको छ। यस देशको कुलद रक्षा बजेट लगभग १८ अर्ब डलर छ। टर्कीस सेनासँग ३८७८ ट्यांक, २०७ लड़ाकू जहाज, ६४ एट्याक हेलिकप्टर र १३ पानीजहाज छन्। टर्कीस सेनामा लगभग ४ लाख सैनिक आवद्ध छन् ।

९. जर्मन आर्मी
विश्वको शक्तिशाली सेनाको नवौ स्थानमा जर्मन सेना रहेको छ। जर्मनी सरकारले ८६ अर्ब डलर रक्षा बजेटमा छुटाएको छ। जर्मनी सेनाको साथमा ४०८ ट्यांक, १६९ लडाकु विमान, ४४ एट्याक हेलिकप्टर र ५ पानीजहाज छन्। जर्मन सेनामा लगभग १ लाख ८० हजार सैनिक कार्यरत छन् ।

१० इटालियन आर्मी
italian-army

इटालीको सेनालाई ग्लोबल फायरपावरले आफ्नो लिस्टको १० औं स्थानमा राखेको छ । ग्लोबल फायरपावर एजेंसीका अनुसार इटलीको रक्षा बजेट ३४ अर्ब डलर छ । इटालीको सेनासँग ५८६ ट्यांक, १८५ लडाकु जहाज, २ युद्वपोत ५८ एट्याक हेलिकप्टर र ८ पानीजहाज छ । इटलीको सेनामा कुल ३ लाख २० हजार सैनिक शामिल छन् ।

यस्तै दक्षिण एसियाली मुलुक पाकिस्तान शक्तिशाली सैन्य सूचीमा १३ औं स्थानमा मा रहेकोे छ । ६ लाख २० हजार सैनिक रहेको पाकिस्तानको ७ अर्ब रक्षा बजेट रहेको छ । २९२४ ट्यांक, २८२८ लडाकु विमान, ५२ एट्याक हेलिकप्टर, १२ युद्वपोत र ५ पानीजहाज छन् ।

प्रकाशित मिति: ७ कार्तिक २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्