सुनको मूल्य ९ सय रुपैयाँँले बढ्यो


 



काठमाडौं, चैत्र २७
नेपाली बजारमा सुनको मूल्य आज तोलामा ९ सय रुपैयाँँ बढ्दै प्रतितोला ८९ हजार ९ सय पुगेको छ ।

सुन हिजो प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा २० रुपैयाँ बढ्दै प्रतितोला एक हजार दुई सय ८० मा पुगेको छ । चाँदी हिजो प्रतितोला एक हजार दुई सय ६० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: २७ चैत्र २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्