रास्वपा महाधिवेशनका निम्ति चितवन गए एमाले नेता ज्ञवाली
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत उद्घाटनसत्रमा नेकपा ९एमाले०का तर्फबाट उपमहासचिव प्रदीप ज्ञवाली सहभागी हुने भएका छन् । आइतबार (असार ७) बिहान उनी चितवन गएका एमाले अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।
भरतपुरमा हुने रास्वपा महाधिवेशनको उद्घाटनसत्रमा उपस्थितिका निम्ति पार्टीबाट ज्ञवालीलाई पठाइएको हो । रास्वपाले उद्घाटनसत्रमा उपस्थितिका निम्ति सबै पार्टीका अध्यक्षरसभापतिलाई निम्ता पठाएको थियो । तर, नेपाली कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०का तर्फबाट दोस्रो तहका नेता सहभागी हुन लागेका छन् ।
रास्वपा महाधिवेशन आजदेखि सुरु हुँदै छ । महाधिवेशन यही असार ९ गतेसम्म चल्नेछ ।
प्रकाशित मिति: ७ असार २०८३, आइतबार












