सुनको मूल्य तोलामा तीन सय रुपैयाँ बढ्यो

काठमाडौं, वैशाख २
नेपाली बजारमा सुनको मूल्य आज तोलामा तीन सय रुपैयाँँ बढ्दै प्रतितोला ८९ हजार आठ सय पुगेको छ ।
सुन हिजो प्रतितोला ८९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्य तोलामा ३० रुपैयाँ बढ्दै प्रतितोला एक हजार दुई सय ९० मा पुगेको छ । चाँदी हिजो प्रतितोला एक हजार दुई सय ६० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।
प्रकाशित मिति: २ बैशाख २०७८, बिहिबार












