सुनको मूल्य तोलामा सात सय रुपैयाँ बढ्यो


 



काठमाडौं, वैशाख ३
सुनको मूल्य आज तोलामा सात सय रुपैयाँँले बढ्दै प्रतितोला ९० हजार पाँच सय पुगेको छ ।

सुन हिजो प्रतितोला ८९ हजार आठ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढ्दै प्रतितोला एक हजार तीन सय पुगेको छ । चाँदी हिजो प्रतितोला एक हजार दुई सय ९० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: ३ बैशाख २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्