सुनको मूल्य दैनिक बढ्दै, आज कति छ ?


 



काठमाडौं, वैशाख ६
नेपाली बजारमा सुनको फेरि बढ्न थालेको छ । सुन आज तोलामा एक हजार तीन सय रुपैयाँँ बढ्दै प्रतितोला ९१ हजार पुगेको छ ।

सुन हिजो प्रतितोला ९० हजार सात सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज सुनको मूल्य बढेपनि चाँदीको मूल्य भने यथावत छ । चाँदी आज पनि प्रतितोला एक हजार तीन सय रुपैयाँमा कारोबार भैरहेको छ । चाँदी हिजो पनि सोही मूल्य कारोबार भएको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: ६ बैशाख २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्