सुनको मूल्य आज पनि बढ्यो, कति छ ?


 



काठमाडौं, वैशाख ८
सुनको मूल्य आज झन बढेको छ । आज सुन तोलामा एक हजार पाँच सय रुपैयाँँ बढ्दै प्रतितोला ९२ हजार पुगेको छ ।

सुन हिजो प्रतितोला ९१ हजार सात सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदी पनि तोलामा १० रुपैयाँ बढ्दै प्रतितोला एक हजार तीन सय १० पुगेको छ । चाँदी हिजो प्रतितोला एक हजार तीन सय रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: ८ बैशाख २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्