साताको अन्तिम दिन घट्यो सुनको मूल्य


 



काठमाडौं, वैशाख १०
नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । आज सुन तोलामा पाँच सय रुपैयाँँ घट्दै प्रतितोला ९१ हजार सात सयमा झरेको छ ।

सुन हिजो प्रतितोला ९२ हजार दुई सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदी पनि तोलामा १५ रुपैयाँ घट्दै प्रतितोला एक हजार तीन सय २० झरेको छ । चाँदी हिजो प्रतितोला एक हजार तीन सय ३५ रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: १० बैशाख २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्