निर्मलालार्इ सहयाेग हस्तान्तरण


 


14801039_1089582467762196_1802588120_nकाठमाडाैं, कार्तिक ७

भाेजपुरकाे छिनामखु गाविस ४ मुनवाला की निर्मला रार्इलार्इ सहयाेग रकम हस्तान्तरण गरिएकाे छ । अार्थिक अभावमा उपचार गराउनबाट बञ्चित बनेकाे खबर प्रकाशित भएपछि रार्इलार्इ देश तथा विदेशबाट उठेकाे सहयाेग रकम हस्तान्तरण गरिएकाे हाे ।

वैदेशिक राेजगारीकाे शिलशिलामा दक्षिण काेरियामा रहेका भाेजपुरेहरूले विशेष अार्थिक सहयाेग संकलन गरेर हस्तान्तरण गरेका छन् । भाेजपुर परिवार दक्षिण काेरियाले संकलन गरेकाे १ लाख ७३ हजार सात सय रकमा परिवारका प्रतिनिधी चन्द्र पुलामी मगरले हस्तान्तरण गरे । त्यस्तै छिनामखु सराेकार समाजले देश विदेशबाट संकलन गरेकाे ५५ हजार सात सय ७० रूपैयाँ पनि हस्तान्तरण गरिएकाे छ ।

यसअघि भाेजपुरमा ४२ हजार अाठ सय ३७ रूपैयाँ हस्तान्तरण भएकाे थियाे । सुत्केरी भएपछि विरामी भएकी रार्इकाे खर्च अभावमा उपचार हुन सकेकाे थिएन । रार्इकाे सञ्चार माध्यममा खबर अाएपछि देश विदेशबाट सहयाेग संकलन भएकाे थियाे भने उपचार कार्य पनि सुरू भएकाे थियाे ।

निर्मलालार्इ छिनामखुबाट भाेजपुर सदरमुकाम हुँदै काठमाडाैं प्रसुती गृहमा उपचार गराइएकाे थियाे । अस्पतालले अहिले उनलार्इ डिस्चार्ज गरेकाे छ भने भाेजपुर जाने तयारीमा रार्इ परिवार छन् । अस्पतालबाट डिस्चार्ज भएपछि उनलार्इ किरात रार्इ यायाेक्खाकाे केन्द्रिय कार्यालमा राखिएकाे थियाे । काेरिया र छिनामखु सराेकार समाजले संकलन गरेकाे अार्थिक सहयाेग रकम पनि यायाेक्खाकाे कार्यालयमै हस्तान्तरण गरिएकाे हाे ।

निर्मलाको गत भाद्र २९ गते छोरी जन्मिएको ३ दिन पछि असोज १ गते तिन दिन पछि अर्को बच्चा छोरा जन्मिएको थियो । सुत्केरी व्याथाले च्यापेपछि स्थानीय स्वास्थ्य चौकीमा उनका श्रीमान नवराजले पुर्यएका थिए । छिनामखु स्वास्थ्य चौकीमा सुत्केरी गराउन नसकेपछि अन्नपुर्ण इलाका स्वास्थ्यचौकीमा निर्मलालाई लगिएकाे थियाे ।

त्यहाँ पनि सुत्केरी गराउनु नसकेपछि गुप्तेश्वरस्थित एउटा क्लिनिकमा निर्मलाले छोरी जन्माएकी थिइन् । छोरी जन्माएर घरफर्काइएकी निर्मलाले पुन तीन दिन पछि घरमै छोरा पाएकी थिइन् ।

सुरुमा निर्मलाका स्वास्थ्य स्थिति ठिक भएपनि पछिअत्याधिक  रक्तश्राप भएकाे  थियाे । निरन्तर रत्तश्राप भएपछि गम्भिर बन्दै गएकी निर्मलाको थप उपचारका लागि जिल्ला अस्पताल सम्म ल्याउन समेत पैसा जुटाउन  नसक्दा उपचार हुन सकेकाे थिएन ।

यसरी संकलन भयाे रकम

निर्मला रार्इकाे अवस्थाबारे भाेजपुरकाे स्थानीय चाेमाेलुङ्मा सामुदायिक रेडियाेबाट खबर प्रसारित भयाे । लगत्तै देशकाे न्युज डटकम अनलाइनमा समाचार प्रकाशित भएपछि देश विदेशमा खबर पुग्याे ।

काठमाडाैंमा बस्दै अाएकाे भाेजपुरकाे दक्षिणी क्षेत्र हाेम्ताङ १ का युवा गायक एंव संगीतकार मनाेज साङसाेनले निर्मला रार्इकाे सहयाेगका लागि फेसबुकमार्फत प्रकाशित समाचार सहित विशेष अभियान सञ्चालन गरे । याे लगत्तै विशेषगरी विदेशबाट सहयाेग रकम संकलन हुन थाल्याे । इजरायलमा रहेकी सिमा श्रेष्ठले व्यक्तिगत १० हजार सहयाेग गरिन् त्यस्तै साइप्रसमा रहेकी निरू रार्इले अभियान चलार्इन । त्यस्तै नेपालबाट पनि सहयाेग रकम उठ्न थाल्याे ।

हाेम्ताङ सेवा समाजका अध्यक्षले व्यक्तिगत रकम भाेजपुर पठाएर प्रमुख जिल्ला अधिकारीकाे राेहबारमा निर्मलाकी सासुअामा मैंया रार्इलार्इ हस्तान्तरण गरिएकाे थियाे । यही रकमले निर्मला काठमाडाैंसम्म अाएकी थिइन् । काठमाडाैं अाएपछि हाेम्ताङ सेवा समाजले विमानस्थलबाट अस्पतालसम्म पुर्याउने र रक्तदान गर्ने सम्मकाे काम गरेकाे थियाे ।

निर्मलालार्इ मनोज साङ्सोन राई, सुरेशकुमार राई, पारसमणी ढुंगाना, सन्जीव तामाङ, सकुन राई र अस्पतालकै कर्मचारीले रक्तदान गरेर रगत उपलब्ध गराएका थिए । छिनामखु सराेकार समाजले रार्इका लागि सहयाेग संकलन गर्याे । समाजकी सचिव दिपीका रार्इ दिनहुँ निर्मलाकाे स्यहार सुसारमा नै व्यस्त भर्इन ।

खबर पढेपछि दक्षिण काेरियामा अार्थिक सहयाेग संकलन गरिएकाे समाजका अध्यक्ष गाेविन्द मगरले बताए । निर्मलाकाे काठमाडाैंमा उपचार खर्च २१ हजार चार सय ७० रूपैयाँ भएकाे थियाे बाँकी रहेकाे रकम शनिबार निर्मलालार्इ २ लाख अाठ हजार हस्तान्तरण गरिएकाे छिनामखु सराेकार समाजकी सचिव दिपिका रार्इले बतार्इन ।

 

प्रकाशित मिति: ७ कार्तिक २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्