सुन तोलामा ४ सय रुपैयाँले घट्यो


 


काठमाडौं, वैशाख १२ 
आइतबार सुन तोलामा ४ सय रुपैयाँले सस्तिएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा आइतबार प्रति तोला ४ सय रुपैयाँले घट्दै ९१ हजार ३०० रुपैयाँ कायम भएको हो । 

त्यस्तै आज तेजाबी सुनको मूल्य ९० हजार ८०० रुपैयाँ कायम भएको छ । यता, चाँदीको मूल्यमा भने प्रति तोला १० रुपैयाँले घट्दै आइतबार १ हजार ३१० रुपैयाँ कायम भएको छ ।   

प्रकाशित मिति: १२ बैशाख २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्