चाँदीको मूल्य बढ्दा सुनको मूल्य घट्यो


 


काठमाडौं, वैशाख १४
मंगलबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । सोमबार प्रति तोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्यमा मंगलबार एक सय रुपैयाँले गिरावट आउँदै ९१ हजार २०० रुपैयाँ कायम भएको छ । 

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रति तोला ९१ हजार २०० रुपैयाँमा कारोबार भएको हो भने तेजाबी सुनको मूल्य प्रति तोला ९० हजार ७०० रुपैयाँ कायम भएको छ । 

यता, चाँदीको मूल्यमा भने गत सोमबारको तुलनामा मंगलबार सामान्य मूल्य वृद्धि भएको छ । महासंघका अनुसार चाँदीमा प्रति तोला ५ रुपैयाँले वृद्धि हुँदै मंगलबार प्रति तोला १ हजार ३१५ रुपैयाँ कायम भएको हो ।   

प्रकाशित मिति: १४ बैशाख २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्